एमाले महाधिवेशनः मतदान सकियाे, अबकाे चार घण्टामा नतिजा
खबर एक्सप्रेस
२०७८-०८-१४ १०:५४ मा प्रकाशित
Total Shares: 495
काठमाडौं, चितवन - नेकपा एमाले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।
मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार ८५ जनाले मत दिएका निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिए । उनका अनुसार एक घण्टापछि मतगणना हुने र चार घण्टामै परिणाम आउनेछ ।
दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो ।
अध्यक्ष केपी शर्मा ओली र भीम रावल समूह नेतृत्वमा प्रतिस्पर्धामा छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस