सुनको मूल्य बढ्यो
खबर एक्सप्रेस
२०७७-०५-२९ ११:५५ मा प्रकाशित
Total Shares: 314
काठमाडौं - सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। आइतबार १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि १३ सय २० रुपैयाँ तोकिएको छ। साताको पहिलो दिन आइतबार भने सुनको मूल्य स्थिर थियो।
फेसबुक पेज Like गर्नुहोस