नेपालमा थपिए १०८ कोरोना संक्रमित, संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो
खबर एक्सप्रेस
२०७७-०३-२५ ०४:३३ मा प्रकाशित
Total Shares: 360
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ७ हजार ८९१पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३९ जना उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोनाबाट ३५ जनाले ज्यान गुमाईसकेका छन् ।
यस्तै, मुलुकका ५ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा. गौतमकाअनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा कोरोना संक्रमित भेटिएका छैनन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस