काठमाडौं - बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीलाई १४ दिन न्यायीक हिरासतमा राखिएको छ।

लागुऔषध लेनदेनको विषयमा उनलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले मंगलबार गिरफ्तार गरेको थियो।

रियाका वकिलले जमानतको माग गरेका थिए। अदालतले जमानतको मागलाई खारेज गर्दै रियालाई १४ दिन न्यायीक हिरासतमा पठाएको हो।

उनका भाइ सौविक चक्रवर्तीलाई यस अघि नै एनसीबीले पक्राउ गरिसकेको छ। यो मामलामा अहिलेसम्म रियासहित १० जना पक्राउ परिसकेका छन्।