काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५० जनामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  आज कोरोनाबाट थप ५२ जनाको मृत्यु भएको छ । 

आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।