कोरोना अपडेट: थप १३९ जनामा कोरोना संक्रमण, ६२६ जना डिस्चार्ज
खबर एक्सप्रेस
२०७७-०४-१२ ०४:३८ मा प्रकाशित
Total Shares: 315
काठमाडौं - नेपालमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोमबार कोरोना संक्रमण निको भएर ६२६ जना डिस्चार्ज भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस