भरुवा बन्दुकसहित एकै घरका दुई दाजुभाइ पक्राउ
खबर एक्सप्रेस
२०७७-०५-०१ ०५:२९ मा प्रकाशित
Total Shares: 394
पाल्पा - पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा हतियारसहित दुईजना आज पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।
उनीहरु एकै परिवारका दाजुभाइ हुन् । मुझुङ्ग प्रहरी कार्यालयको टोलीले उनीहरुको घरमा अवैध भरुवा बन्दुक रहेको सूचनाका आधारमा पक्राउ गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस