बुधबार थपिए २५५ संक्रमित, कुल संक्रमितको संख्या १६४२३
खबर एक्सप्रेस
२०७७-०३-२४ ०४:३३ मा प्रकाशित
Total Shares: 326
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा ४ हजार ६ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए। आज मात्र कोरोना संक्रमितबाट निको भएर डिस्चार्ज हुने २ सय ५३ जना रहेका छन्। हालसम्म कोरोना जित्नेको संख्या ७ हजार ७ सय ५२ रहेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस