स्वर्णिम वाग्लेले गरे तनहुँमा उम्मेदवारी दर्ता
खबर एक्सप्रेस
२०७९-१२-२० ०४:१६ मा प्रकाशित
Total Shares: 78
काठमाडौं,पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।
तनहुँ १ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका हुन् । प्रस्तावकमा विश्वनाथ वास्तोला छन् भने समर्थकमा रूपक विक घिमिरे छन् ।
वाग्लेको उम्मेदवारी दर्ता गर्न रास्वपाका सभापति रवि लामिछाने पनि सोमबार तनहुँ गएका थिए ।
यस क्षेत्रमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन् ।
फेसबुक पेज Like गर्नुहोस