एजेन्सी - चीनको छेन्दुस्थित अमेरिकी महावाणिज्य दूतावास आजबाट बन्द भएको छ । अमेरिकाको टेक्सासस्थित ह्युजटनमा रहेको आफ्नो महावाणिज्य दूतावास बन्द गराएको बदलामा चीनले पनि शुक्रबार आफ्नो देशमा रहेको महावाणिज्य दूतावास बन्द गर भनेपछि आजबाट सिचुवान प्रान्तको राजधानी छेन्दुमा रहेको महावाणिज्य दूतावास बन्द भएको हो ।

चीनले छेन्दुस्थित अमेरिकी महावाणिज्य दूतावास बन्द भनेपछि धेरै चिनियाँहरूले उक्त घटनालाई निकै चासोका साथ हेरेका छन् । उक्त दूतावास बन्द भएको हेर्न देशका बिभिन्न भागबाट चिनियाँहरु आएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।

चिनियाँहरुले भने महावाणिज्य दूतावास बन्द हुनु अन्तर्राष्ट्रिय राजनीतिको महत्वपूर्ण घटना भएकाले आफूहरू त्यसको साक्षी बन्न आएको बताएका छन् । उक्त दूतावास सन् १९८५ मा स्थापना भएको थियो ।