काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्ने भएको छ ।

सहकारी ठगी आरोपमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको समर्थनमा रास्वपाले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो । सरकारको गलत कदमको विरोधस्वरुप आजपनि प्रदर्शन जारी रहने रास्वपाले जनाएको छ ।

सभापति लामिछानेविरुद्धको कानूनी प्रक्रिया राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको दाबी गर्दै यस विषयमा निष्पक्ष छानबिनको मागसहित रास्वपाले गत शुक्रबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेको हो ।

यस्तै शनिवार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले लामिछानेको रिहाइको मागसहित थप आन्दोलनको घोषणा गरेको छ ।