आज काठमाडौं उपत्यकाका यी स्थानमा विद्युत् कटौती हुने
काठमाडौं - काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज विद्युत् कटौती हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार लगनखेल वितरण केन्द्रको रेडियो नेपाल फिडरअन्तर्गत पर्ने सातदोबाटो, रेडियो नेपाल, कृषि अनुसन्धान, इसिमोड, खुमलटार, प्रचण्ड निवास, धापाखेल, भेल्पा, जेम्स, कान्तिपुर इन्जिनियरिङ, नागदहलगायत क्षेत्रमा मर्मतको लागि बिहान ११ देखि दिउँसो २ बजेसम्म विद्युत् कटौती हुने छ ।
यस्तै, लगनखेल वितरणकेन्द्रको जावलाखेल फिडरअन्तर्गत पर्ने पाटन हस्पिटल, कुमारीपाटी, मानभवन, जावलाखेल र ए.भी.एम. चोकलगायत क्षेत्रमा दिउँसो १२ देखि २ बजेसम्म विद्युत मर्मतको काम हुँदै छ ।
पुल्चोक वितरण केन्द्रको पाटन फिडर अन्तर्गत पर्ने रियो अपार्टमेन्ट क्षेत्रमा ११ केभी क्षमताको लाइनको काम गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा पनि विद्युत् कटौती हुने भएको छ । हनुमानथान, प्रसूति गृह, रियो अपार्टमेन्ट, शङ्खमूल, यूएनपार्क, चाकुपाट, पुलचोक क्याम्पस, भाटभटेनीलगायत क्षेत्रमा बिहान ११ देखि दिउँसो २ बजेसम्म बत्ती जाने भएको हो ।
यस्तै, बुढानिलकण्ठ उपवितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गत पर्ने स्पेशल चोक, हात्तीगौँडा, ज्ञानेश्वरलगायत क्षेत्रमा आज दिउँसो १ बजेदेखि २ बजेसम्म विद्युत् कटौती हुने छ ।
हात्तीगौँडा टेलिकम क्षेत्रमा मर्मतको काम गर्नुपर्ने भएकाले त्यस फिडरमा पर्ने क्षेत्रमा बत्ती जाने भएको छ । स्पेशल चोक, हात्तीगौँडा, ज्ञानेश्वरलगायत क्षेत्रमा आज दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टाका लागि बत्ती काटिने प्राधिकरणले जनाएको छ । भक्तपुर वितरण केन्द्रमा पर्ने इटापाखे, सल्लाघारी, केएमसी हस्पिटल, दुवाकोट हाइट, एपी भैरव र झौखेल क्षेत्रमा बिहान १० देखि १२ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस