कोरोना अपडेट: थप १०१ जनामा कोरोना पुष्टि , ६६ प्रतिशत डिस्चार्ज
खबर एक्सप्रेस
२०७७-०४-०२ ०४:०६ मा प्रकाशित
Total Shares: 577
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १०१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार थप १०१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार चार सय ४५ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २८५ जनाले कोरोना जितेका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ११ हजार पाँच सय ३४ पुगेको छ। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६६ प्रतिशत माथि पुगेको छ।
फेसबुक पेज Like गर्नुहोस