काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्रीमा पुनर्नियुक्ति नपाए सरकार छाड्ने चेतावनी दिएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा सभापति लामिछानेले मंगलबार साँझसम्म गृह मन्त्रालयको जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिएका हुन् । 

भेटमा प्रधानमन्त्री प्रचण्डले ठोस जवाफ नदिएको र सल्लाह गर्ने भनेको सभापति लामिछाने निकट स्रोतले जनाएको छ ।

नागरिकता विवादमा लामिछानेको सांसद पद गएपछि उनले उपप्रधान तथा गृहमन्त्रीबाट समेत राजीनामा दिनुभएको थियो । तर लामिछानेले गत आइतबार पुनः नागरिकता लिईसकेकाले गृहमन्त्रीमा पुनः नियुक्ति चाहेका हुन्। प्रतिनिधि सभामा रास्वपाबाट १९ जना सांसद रहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड भने गृह मन्त्रालय आफ्नै पार्टीमा राख्ने अडानमा छन् ।