राष्ट्रपति पौडेलले गरे दुवै संसदको अधिवेशन अन्त्य
खबर एक्सप्रेस
२०८१-०५-३१ ०२:४८ मा प्रकाशित
Total Shares: 91
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले सोमबार (आज) मध्यराति १२ः०० बजेदेखि कार्यान्वयन हुने गरी दुवै संसद अधिवेशन अन्त्य गरेका हुन् ।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१–५–३० को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन सम्वत् २०६१ साल भदौ ३१ गते सोमबार राति १२ः०० बजेदेखि अन्त्य गर्नुभएको छ, राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस