खोप लगाएर आउने विदेशीलाई सहजै प्रवेश दिने सरकारको तयारी
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर आउने विदेशी पर्यटकलाई सहजै प्रवेश दिने तयारी गरिएको बताएका छन्।
शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पर्यटन क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरूसँग भेटघाट गर्दै मन्त्री ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर नेपाल आउने विदेशी पर्यटकलाई प्रवेश सहज गराउने सरकारको तयारी रहेको बताएका हुन् ।
मन्त्री ढकालले नेपाल आउने व्यक्तिले क्वारेन्टिन बस्नुपर्ने अनिवार्य व्यवस्थालाई संशोधन गरी सहज बनाउने तयारी गरेको बताए ।
७२ घण्टा भित्र पीसीआर परीक्षण गराएर आएको रिपोर्ट र नेपालमा परीक्षण गर्दा पनि पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरूलाई आफ्नो गन्तव्यमा सजिलै जान दिने व्यवस्था गर्न लागेको पनि बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस