काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा ६ सयले घटेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९० हजार ४ सय रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।