काठमाडौं - चर्चित भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेपछि विक्षिप्त बनेकी उनको भाउजुको पनि मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार देवर राजपुतको आत्महत्याको खबरकाे शोकले भाउजु सुधादेवीको मृत्यु भएको हो।

बिहारको पूर्णिया जिल्ला मलडिहा निवासी उनी सुशान्तको आत्महत्याको खबर सुन्नेबित्तिकै विक्षिप्त बनेकी थिइन् र खाना खान छाडेकी थिइन्।

सुशान्तसिंहको अन्तिम संस्कार भइरहेका बेला घरमै रहेकी सुधादेवीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। मुम्बईको बान्द्रास्थित  आफ्नै घरमा सुशान्तसिंहले आइतबार पासो लगाएर आत्महत्या गरेका थिए।