स्वीट्जरल्यान्डविरुद्ध इटालीको सानदार जित
खबर एक्सप्रेस
२०७८-०३-०३ ०९:०२ मा प्रकाशित
Total Shares: 374
काठमाडौं,एजेन्सी - युरो कप २०२० अन्तर्गत समूह चरणको खेलमा इटालीले स्वीट्जरल्यान्डलाई पराजित गरेको छ ।
गएराति भएको खेलमा इटालीले आफ्नो मैदानमा ३-० गोलले पराजित गरेको हो । इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले २ तथा किरो इमोबाइलले १ गोल गरे ।
समूह एमा रहेको इटालीको यो लगातार दोस्रो जित हो । इटालीले ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । स्वीट्जरल्यान्डको १ अंक रहँदा तेस्रो स्थानमा छ ।
जितसँगै इटाली अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टीम बनेको छ । यस्तै इटालीले २९ खेलमा अपराजित यात्रा कायम राखेको छ । पछिल्ला १० खेलमा गोल समेत खाएको छैन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस