काठमाडौं - काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो मतान्तरलाई निरन्तरता दिएका छन् ।

पछिल्लो मतपरिणामअनुसार एक लाख ५० हजार ५१६ मतगणना हुँदा बालेनले ५० हजार ३० मत प्राप्त गरी जितनजिक पुगेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७६७ मत प्राप्त गरेकी छन्। बालेन्द्र र सिर्जनाबीच १९ हजार २६३ मतान्तर रहेको छ ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित ३० हजार १५ मतसहित तेस्रो स्थानमा छन् ।