महिला एसिया कप : आज भारतसँग खेल्दै नेपाल
खबर एक्सप्रेस
२०८१-०४-०८ ०८:५५ मा प्रकाशित
Total Shares: 88
काठमाडौं - एसीसी महिला एसिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।
यो खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे श्रीलङ्काको दाम्बुला मैदानमा सुरु हुनेछ ।
पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको थियो ।
सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेलमा भारतलाई जित्नुपर्ने हुन्छ ।
फेसबुक पेज Like गर्नुहोस