पर्वत - कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारी ठगीको छानबिन गर्ने संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुट्ने बताएका छन् ।

गृहजिल्ला पर्वत पुगेका मन्त्री गिरीले नेपाल पत्रकार महासङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै कानुनमन्त्री गिरीले यस्तो बताएका हुन् ।

बचतकर्ताको हिनामिना भएको रकम फिर्ता गर्ने प्रावधानसहित सहमति गर्नुपर्नेमा सत्तापक्ष सकारात्मक रहेको उनको भनाइ थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने प्रतिपक्षी दल आफ्ना अडानबाट पछि हटिसकेको कानुनमन्त्री गिरीले बताए ।

गृहमन्त्री लामिछाने दोषी हो वा होइन भन्ने कुरा छानबिन पछि मात्र पुष्टि हुने भएकाले कुनै व्यक्तिको नाम तोकेर जाँदा गलत नजिर स्थापित हुने उनले बताए ।