टोकियो ओलम्पिकमा पौडी खेलाडी गौरिकाले आज प्रतिस्पर्धा गर्ने
खबर एक्सप्रेस
२०७८-०४-१३ ०८:३० मा प्रकाशित
Total Shares: 245
काठमाडौं - जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपालका पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छिन्।
गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
१३ औं सागकी स्वर्णधारी गौरिका राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा रहेकी छिन्। यस स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान रहेको छ ।
टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी छन्। एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले मंगलबार नै प्रतिस्पर्धा गरिसकेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस