पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण नगराैं : बाबुराम भट्टराई
खबर एक्सप्रेस
२०७८-०९-२७ १०:२४ मा प्रकाशित
Total Shares: 234
काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने बताएका छन् । पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको सन्दर्भमा भट्टराईले उक्त भनाई राखेका हुन् ।
‘पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं ! उनी इतिहासको आवस्यकता र आकस्मिकताका उपज हुन्,’ सामाजिक सञ्जाल ट्विटमा बाबुरामले भनेका छन्, ‘कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पॅूजीवाद जन्मने हो । अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं। चुरो कुरो यो हो !’
फेसबुक पेज Like गर्नुहोस