आइपिएल: मुम्बईमाथि कोलकाताकाे जित
काठमाडौं - कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा सानदार जित हात पारेको छ । आबुधाबीमा बिहीबार राति भएको खेलमा कोलकाताले साविक विजेता मुम्बईलाई ७ विकेटले पराजित गरेको हो ।
जितको लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता १५.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । कोलकाताका लागि युवा ब्याट्सम्यान वेंनकटेश ऐर र राहुल त्रिपाठीको उत्कृष्ट प्रदर्शन रह्यो । वेंनकटेशले ५३ रनको अर्धशतकीय इनिङ्स खेले भने त्रिपाठीले अविजित रहदै ७४ रनको अर्धशतकीय इनिङ्सको योगदान दिए । सुबमन गिल १३ तथा कप्तान इयान मोर्गन ७ रनमा आउट भए । मुम्बईका जस्प्रित बुमराहले ३ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । मुम्बईका ओपनर क्विन्टन डि ककले सर्वाधिक ५५ रनको योगदान दिएका थिए भने कप्तान रोहित शर्माले ३३ रन बनाए । केइरन पोलार्डले २१ रन, इशान किशनले १४ रन र कुर्नाल पाण्डयले १२ रन जोडे ।
कोलकाताका प्रसिद्ध कृष्ण र लोकी फर्गुसनले समान २/२ विकेट लिए । सुनिल नारिनेको नाममा एक विकेट रह्यो ।
कोलकाता ९ खेलमा ४ जित र ५ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । मुम्बई ९ खेलमा ४ मा जित र ५ मा हार सहित ८ अंक बटुल्दै छैटौ स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस