काठमाडौं - माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने मागसहित नेकपा एमालेले दायर गरेको रिटमा सुनुवाइ सुरु हुने भएको छ। 

मुद्दाको पूर्ण सुनुवाइ सार्न नेपाल पक्षबाट दिइएको निवेदन न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले अस्वीकार गरेपछि मुद्दामा सुनुवाइ सुरु हुने भएको हो । उक्त मुद्दा न्यायाधीश सिन्हा र सुवेदीको इजलासमा चौंथो नम्बरमा छ।