काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिएका छन् ।

एक अमेरिकी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताएका हुन् । इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने जानकारी उनले दिएको बताइएको छ । 'यदि इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा आउने र आणविक सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने गर्नुपर्छ' राष्ट्रपति बाइडेनले भने

अमेरिकाको सिबीएस न्युजलाई शुक्रबार दिएको अन्तरवार्तामा उनले सो कुरामा जोड दिएको समाचारमा जनाइएको छ । इरानका विदेशमन्त्री मोहमद जभाद जारिफले गत शनिबार एक अन्तरवार्ताका क्रममा अमेरिकाले आफूहरुमाथि अवैधानिक रुपमा नाकाबन्दी लगाएको बताएका छन् ।

त्यस लगत्तै अमेरिकी राष्ट्रपति बाइडेनको यो प्रतिक्रिया आएको छ । विदेशमन्त्री जारिफले अमेरिकाले आफूहरुमाथि लगाएको प्रतिबन्दका कारण आफूहरुको धैर्यता टुटिसकेको बताएका थिए ।