शेरबहादुर देउवा सातौं पटक डडेल्धुराबाट निर्वाचित
खबर एक्सप्रेस
२०७९-०८-०७ ०८:१५ मा प्रकाशित
Total Shares: 205
काठमाडौं ,डडेल्धुरा - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भएका छन् ।
देउवा २५ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । देउवा लगातार सातौं पटक डडेलधुराबाट सांसदमा निर्वाचित भएका हुन् ।
देउवाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाए ।
बीपी कांग्रेसका कर्ण मल्लले ७ हजार ५३५ मत पाए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस