नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सलाई
खबर एक्सप्रेस
२०७८-०२-०१ ०७:३६ मा प्रकाशित
Total Shares: 288
काठमाडौं - काठमाडौं रेजर्सले पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को उपाधि उचालेको छ । लिग चरण र प्ले अफमा भोगेको हारको बदला लिँदै काठमाडौं रेजर्स पहिलो फ्रेन्चाइज फुटबल लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनको च्याम्पियन बन्न सफल भएको हो ।
काठमाडौंले धनगढीलाई १–० ले हराउँदै च्याम्पियन बनेको हो । काठमाडौंको जितमा पहिलो हाफमा विदेशी खेलाडी मेसौके ओलुमोउले गरेको गोल नै निर्णयक बन्यो । उनले खेलको पहिलो हाफको २१औं मिनेटमा गोल गरेका थिए ।
जितको लयलाई निरन्तरता दिन नसक्दा धनगढी च्याम्पियन बन्नबाट चुकेको हो । काठमाडौं लिग चरणमा ३–० ले तथा तथा प्ले अफमा अतिरिक्त समयमा २–१ ले पराजित भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस