प्रतिनिधिसभाको प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक
काठमाडौं-मंसिर ४ गते सम्पन निर्वाचनको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सबै १६५ निर्वाचन क्षेत्रकै अन्तिम मत परिणाम सार्वजनिक भएको छ। दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै १६५ निर्वाचन क्षेत्रकै नतिजा सार्वजनिक आएको हो।
दोलखामा प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्की विजयी भएका छन्। उनले एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३१८ मतान्तरले पराजित गरेका हुन्। कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्नु भएको छ भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४८१ मत प्राप्त गरे।
प्रत्यक्षतर्फका १६५ सिटमध्ये सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले ५७ सिटमा जित हासिल गरेको छ भने दोस्रो स्थानमा रहेको नेकपा एमालेले ४४ सिटमा जित हासिल गरेको छ। त्यस्तै, तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १८ सिटमा विजयी हासिल गरेको छ।
नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ७–७ ठाउँमा जितेका छन्। यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन्। राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक–एक ठाउँमा जितेका छन्। स्वतन्त्र उम्मेदवारहरुले ५ ठाउँमा जितेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस