चितवनमा थप ४३ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७७-०५-२२ १०:१३ मा प्रकाशित
Total Shares: 309
चितवन - भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
४ सय ५ वटा नमुना परिक्षा गर्दा ४३ वटा नमुनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।
संक्रमित हुनेहरुमा चितवनको भरतपुर महानगरपालिकाका १३ जना, कालिकाका ९ जना, खैरेनीका १, रत्ननगरका २ जना रहेका छन् । यस्तै, नवलपुरका ३ र रौतहट, धनुषा, अर्घाखाँची, झापा, पर्सा, कपिलवस्तु र सुनसरीका ११ जना रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस