पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ लाई कोरोना
खबर एक्सप्रेस
२०७७-०७-०४ ०४:३९ मा प्रकाशित
Total Shares: 336
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १७०२ उपत्यकाका छन् ।
काठमाडौं । त्यस्तै काठमाडौं उपत्यकामा थप १ हजार ७ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप हजार सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए।
त्यसमध्ये काठमाडौंका १ हजार ४ सय ३१ जना, भक्तपुरका १४८ जना र ललितपुरका १२३ सय जना छन्।
फेसबुक पेज Like गर्नुहोस