काठमाडौं - डा. सिके राउतको जनमत पार्टीले ३ प्रतिशत मत कटाएको छ। प्रत्यक्षमा एक सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको हो।

समानुपातिकतर्फ कुल खसेको करिब १ करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख २२ हजार ९५२ मतमै जनमत पार्टीले ३.४ प्रतिशत मत पाएर थ्रेस होल्ड हटाएको हो। 

थ्रेस होल्ड कटाउन सबै १ करोड ९ लाखको सबै सदर मत भएपनि सीके राउतको पार्टीले ३ लाख ३ हजार मत ल्याउनुपर्ने हो। तर, हालसम्मको गणनामै सो पार्टीले ३ लाख २० हजार २४८ मत पाइसकेको छ।

यससँगै थ्रेस होल्ड कटाउने पार्टीको संख्या ७ पुगेको छ।