विश्वकप छनोटमा नेपालले कात्तिक ३० गते युएईसँग खेल्ने
खबर एक्सप्रेस
२०८०-०७-०२ ०४:५० मा प्रकाशित
Total Shares: 127
काठमाडौं-फिफा विश्वकपको एसिया क्षेत्रको छनोट खेलको दोस्रो चरणको खेलतालिका सार्वजनिक भएको छ। समूह ‘एच’मा रहेको नेपालले पहिलो खेल कात्तिक ३० गते संयुक्त अरब इमिरेट्स (युएई)सँग दुबईमा खेल्ने भएको हो।
त्यस्तै, दोस्रो खेल भने यमनसँग मंसिर ५ गते दशरथ रंगशालामा खेल्नेछ। यही समूहमा रहेका यमन र बहराइनले ३० कात्तिकमै साउदी अरेबियामा प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै ५ मंसिरमा बहराइन र युएईले बहराइनमा प्रतिस्पर्धा गर्नेछन्।
नेपालले पहिलो चरणको छनोटमा लाओसलाई समग्रमा २–१ ले पराजित गरेको नेपाल दोस्रो चरणमा स्थान बनाएको हो।
फेसबुक पेज Like गर्नुहोस