सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परेर बेपत्ता भएका आठ जनाकै शव भेटियो
खबर एक्सप्रेस
२०७७-०४-१९ ११:२१ मा प्रकाशित
Total Shares: 439
काठमाडौं - सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले पुरिएर बेपत्ता भएका आठै जनाको शव फेला परेको छ । तर, शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।
गएराति अविरल वर्षासँगै नगरपालिकाको वडा नं ११ मा आएको पहिराले पुरिदाँ ८ जना बेपत्ता भएका थिए भने एक भारतीय नागरिकलाई जिवित्तै उद्धार गरिएको थियाे ।
राति करिब २ बजेतिर आएको पहिरोले कभर्ड हल निर्माणका लागि खटिएका कामदार पुरिदाँ बेपत्ता भएका थिए ।
फेसबुक पेज Like गर्नुहोस