माओवादीको चेतावनीपछि सभामुखले प्रमुख सचेतकलाई छलफलमा बोलाए
खबर एक्सप्रेस
२०८१-०५-३० १०:३३ मा प्रकाशित
Total Shares: 122
काठमाडौं-सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका लागि बोलाएका छन् ।
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक चल्न नदिने चेतावनी दिएपछि उनले अहिले बिहान ११ बजे सिंहदरबारमा बैठक बोलाएका हुन् ।
कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपालाई छलफलमा बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेका थिए ।
माओवादी सांसदहरुले विरोध जनाएको र उक्त शब्द असंसदीय भएकाले संसद्को रेकर्डबाट हटाउन माग गरिरहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस