‘सरकारले तत्काल लकडाउन गर्दैन’
काठमाडौं - सरकारले लामो दूरीका यातायात, विद्यालय र हवाई उडान तत्काल खुल्ने सम्भावना नभएको बताएको छ ।
बिहीबार मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमणको जोखिम बढेको भन्दै लामो दुरीका यातायात र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु, विद्यालय खुल्ने अवस्था बनिनसकेको बताएका हुन् ।
यस्तै, उनले सरकार देशभर लकडाउन गर्ने मनस्थितिमा नरहेको पनि स्पष्ट पारेका छन्। उनले ठाउँरठाउँमा लकडाउन भएको देखिए पनि चैत ११ गते जारी भएको जस्तो मुलुकभर लकडाउन नहुने बताए । यद्यपी संक्रमणको जोखिम हेरेर ती ठाउँहरूमा भने लकडाउन गर्न सकिने उनले जनाए।
फेसबुक पेज Like गर्नुहोस