कोपा अमेरिका २०२१ : ब्राजिलको सानदार सुरुवात
काठमाडौं,एजेन्सी - कोपा अमेरिका २०२१ अन्तर्गत साविक विजेता ब्राजिलले सानदार विजयी सुरुवात गरेको छ । गएराति भएको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३-०ले पराजित गरेको हो ।
खेलको २३औं मिनेटमा मार्किन्हसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । यो नेयमारको ब्राजिलका लागि ६७औं गोल हो । पेलेको कीर्तिमान भन्दा नेयमार १० गोलले पछि रहेका छन् । त्यसपछि खेलको ८९औं मिनेटमा नेयमारकै पासमा ग्याब्रिएल बार्बोसाले गोल गर्दै ब्राजिललाई ३-०को सहज जित दिलाए ।
जितसँगै ब्राजिलले समूह ए मा ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भेनेजुएलाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस