काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा

थप ४२९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। एकैदिन काठमाडौंका ३७२  जना, भक्तपुरका ४५ जना र ललितपुरका १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। 

यस्तै पछिल्लो २४ घण्टामा १२ सय २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसहित संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। आइतबार संक्रमित हुनेमा ३४८ महिला र ८७३पुरुष छन्। 

मन्त्रालयका अनुसार १७ हजार ५१८ हजार जना सक्रिय संक्रमित छन्। संस्थागत आइसोलेसनमा १० हजार ६१२ जना छन् भने होम आइसोलेसनमा बस्नेको संख्या ४ ६ हजार ९०६  पुगेको छ। एक दिनमा १० हजार २२९ जनाको पीसीआर परीक्षण भएको छ। 

पछिल्लो २४ घण्टामा २६७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित २० हजार ८२२ जना निको भएर घर फर्किएका छन्।