काठमाडौं - कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः०९ बजे ३.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको कारण कुनै जनधनको क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि शुक्रबार राति पनि भूकम्पको धक्का महशुस गरिएको थियो ।