रोनाल्डो युनाईटेडमा दुई वर्षको लागि अनुबन्ध
काठमाडौं - पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो आफ्नो पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन् ।
युनाईटेडले मंगलबार फरवार्ड रोनाल्डोलाई युभेन्ट्सबाट अनुबन्ध गरेको हो । ३६ वर्षीय रोनाल्डोसँग दुई वर्षको सम्झौता गरेको क्लबले जनाएको छ । यस्तै, रोनाल्डोलाई सम्झौता थप गर्ने विकल्प दिईएको समेत युनाईटेडले जनाएको छ ।
पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डो सन् २००९ पछि युनाईटेडमा फर्किएका हुन् । रोनाल्डोले म्यानचेस्टर युनाईटेडबाट २००३ देखि २००९ सम्म खेलेका थिए । रोनाल्डो २००९ मा स्पेनिस क्लब रियल मड्रिड आएका थिए । रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए ।
उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस