काठमाडौं - फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित हात पारेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-०ले पराजित गरेको हो । 

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी नायक बने । उनले खेलमा ह्याट्रिक प्रहार गर्न सफल भए । खेलको १४औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका मेस्सीले ६४औँ र ८८औँ मिनेटमा ह्याट्रिक पुरा गर्दै टाेलीलाई ३-०काे सहज सजत दिलाए ।  उनको यो अर्जेन्टिनाका लागि १५३ खेलमा ७९औं गोल हो ।

यो जितसँगै दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा रहँदै अपराजित रहेको अर्जेन्टिनाको ८ खेलबाट १८ अंक पुगेको छ । पराजित बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।