क्यानडामा अन्धाधुन्ध गोली चल्दा प्रहरीसहित १६ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०१-०८ १०:२६ मा प्रकाशित
Total Shares: 497
एजेन्सी - क्यानडामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा प्रहरीसहित १६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक महिला प्रहरी पनि रहेकी छिन् ।
आइतबार ग्याब्रियल वोर्टम्यान नाम गरेका ५२ वर्षिय ती बन्दुकधारीले क्यानडाको नोभा स्कटिया प्रान्तका गोली चलाएका हुन् ।
उनले फरक फरक भेषमा गोली चलाएको न्यूयोर्क टाइम्सले जनाएको छ । ती व्यक्तिले किन गोली चलाएको भनेर खुल्न सकेको छैन । यद्यपी, बन्दुकधारी भने प्रहरीको गोलीबाट मारिसकेका छन् । यो घटनालाई क्यानडामा ३० वर्षयता भएको सबैभन्दा ठूलो सामुहिक हत्या मानिएको छ।
फेसबुक पेज Like गर्नुहोस