मोहना नदीमा भेटियो बेपत्ता प्रहरी जवानको शव
काठमाडौं,धनगढी - शनिबार राति मोटरसाइकल गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउँदको शव फेला परेको छ ।
बेपत्ता भएको झन्डै ६० घण्टापछि मोहना नदीमा साउँदको शव भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आइतबार असई गोविन्द विकको शव पनि मोहना नदीको किनारामा भेटिएको थियो ।
यसअघि गत शनिबार राति मोटरसाइकलमा गस्तीमा गएका असई विक र जवान साउँद राति ११ बजेदेखि सम्पर्कविहीन भएका थिए। त्यसलगत्तै प्रहरी र स्थानीयले खोजी कार्य तीव्र पारेका थिए ।
साउँदको खोजीमा सशस्त्र प्रहरी बलको गोताखोर टोलीसँगै नेपाल प्रहरीका पौडिन जान्ने दक्ष जनशक्ति परिचालन गरिएको थियो ।
तस्करहरुले असई विक र जवान साउँदको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
फेसबुक पेज Like गर्नुहोस