अब कोभिड अस्पतालहरूको वर्गीकरण खारेज
काठमाडौं - सरकारले कोरोना भाइरस संक्रमितलाई उपचार गर्न छुट्याइएको ३ तहको अस्पतालको व्यवस्थालाई खारेज गर्ने निर्णय गरेको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १, २ र ३ लेभल भनेर भनिँदै आएको अस्पताल नामाकरण खारेज गरेर सबैलाई कोभिड अस्पताल बनाइएको जानकारी दिएका हुन् ।
संक्रमितको संख्या बढेसँगै कुन लेभलको अस्पतालले कति उपचार गर्ने भन्नेमा समेत अन्योलता देखिएपछि सरकारले यस्तो निर्णय गरेको बताइएको छ । यसअघि केही अस्पतालहरूले संक्रमितहरूलाई अन्य अस्पतालमा रिफर गर्दै आएका थिए । अब ४९ अस्पतालले कोभिडका बिरामीहरूको उपचार गर्नेछन् भने १ सय १५ वटा अस्पतालले स्क्रिनिङका लागि फिभर क्लिनिक चलाउने छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस