एजेन्सी - अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आधाले घटेको छ ।

त्यहाँका सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १ सय ५७ जनाको मृत्यु भएको छ । यो संख्या अमेरिकामा एकैदिन ज्यान गुमाउनेमा झण्डै एक महिनापछिको कम हो । भने शनिबार भन्दा आधा कम हो । 

हालसम्म अमेरिकामा कोरोनाबाट ५५ हजार ४ सय १३ जनाको मृत्यु भएको छ भने ९ लाख ८७ हजार संक्रमित छन् । अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश हो ।