कोटेश्वरको एक गेष्ट हाउसबाट ६ जना बालिकाको उद्धार
खबर एक्सप्रेस
२०८१-०४-०४ १०:१५ मा प्रकाशित
Total Shares: 123
काठमाडौं - कोटेश्वरस्थित एक गेष्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्ट हाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् ।
रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए ।
गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौंको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको उनले बता

.gif)



फेसबुक पेज Like गर्नुहोस