काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ को केन्द्रीय समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । 

बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा समूहगत छलफल भएपछि केन्द्रियसदस्यहरुले सर्वसम्मत रुपमा प्रतिवेदन पारित गरेका हुन्। 

बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि विभिन्न १५ समूहमा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरुको अध्यक्ष प्रचण्डले जवाफ समेत दिएका थिए।