काठमाडौ-जनमत पार्टी सकारबाट नबाहिरिने भएको छ। मंगलबार काठमाडौँमा आयोजित विद्यार्थी सङ्घको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफूहरू सरकारबाट नबाहिरिने बताएका हुन्।

अध्यक्ष राउतले अन्य पार्टीहरू आफ्नो माग पूरा नभएकाले बाहिरिएको भन्दै जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको बताए। उनले माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकोले सरकार बदलिएको भन्न नमिल्ने बताए।

सरकारमा सामेल भएका दलहरू फेरिने भए पनि सरकार नफेरिने उनको भनाइ छ। जनमत पार्टी सरकारमा यथावत् रहेको उनले स्पष्ट पारे।

‘अहिले हाम्रो पार्टी सरकारबाहिर आउनु परोस् भन्ने परिस्थिति बनेको छैन । अरू पार्टीहरु त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बारिरिएको हो।’ राउतले भने, ‘जनमत पार्टीका लागि कुनै त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन। त्यही भएर जनमत पार्टी सरकारमा यथावत् छ।’