धरानमा कोरोना संक्रमित वृद्धको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-१३ ०९:४६ मा प्रकाशित
Total Shares: 286
काठमाडौं - बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सिरहाको भदैया ६ की ८४ वर्षीय वृद्धको मृत्यु भएको हो ।
प्रतिष्ठानका अनुसार शुक्रबार राति करिब ११ बजेतिर मृत्यु भएको हो ।
खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि ती वृद्धलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । कोरोनाको आशंकामा स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना देखिएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस